राष्ट्रिय सभाका लागि पाँच दलबीच भागबण्डा, कांग्रेस र एमाले ७-७ सीटमा सहमत

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि पाँच प्रमुख दलबीच सीट बाँडफाँडमा सहमति भएको छ। स्रोतका अनुसार, कुल १८ रिक्त सीटमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले समान रूपमा ७–७ सीट पाउने भएका छन्।

यसैगरी, नेकपा (माओवादी केन्द्र) ३ सीटले पाउने भएको छ भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १ सीट पाउनेछ।

पाँच दलबीचको यो सहमति अन्तर्क्रिया र राजनीतिक संयोजनको माध्यमबाट टुङ्गोमा पुगेको स्रोतले जनाएको छ ।
निर्वाचन आयोगको तालिका अनुसार माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुनेछ ।

सिफारिस