काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पाए विशेष अदालतबाट सफाइ

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई सफाई दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारमाथि ठेक्का प्रक्रिया अनियमितता गरी सार्वजनिक निकायलाई आर्थिक नोक्सान पुर्‍याएको आरोपमा मुद्धा दायर गरेको थियो ।

आरोप अनुसार, सामाखुशी कोरिडोर अन्तर्गत बसुन्धारा देखि म्हेपीसम्मको ढल निर्माण ठेक्का प्रक्रियामा न्यून लागतमा योग्य कम्पनीको सट्टा उच्च लागतको कम्पनीलाई ठेक्का दिइएको थियो।

यसअघि परियारसहित सात जना महानगरका कर्मचारी यस मुद्दामा प्रतिवादी रहेका थिए। आरोपिका विरुद्ध पर्याप्त प्रमाण पेश गर्न नसकेको हुँदा कानुनअनुसार आरोप प्रमाणित हुन नसकेको अदालतको फैसलामा उल्लेख छ ।

अदालतको निर्णय अनुसार, सार्वजनिक निकायको ठेक्का प्रक्रिया अनियमित भएको ठोस प्रमाण नपुगेको कारण प्रतिवादीलाई सफाइ दिइएको हो।

 

सिफारिस