काठमाडौँ । काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ। गोदाममा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आगलागीबाट गोदाममा भण्डारण गरिएको ठूलो परिमाणको काठ जलेर नष्ट भएको बताइएको छ । प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुलेको छैन।
आगलागी फैलिन थालेपछि काठमाडौं महानगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी आगो नियन्त्रणमा जुटेका थिए।
आगो पूर्ण रूपमा नियन्त्रणमा आइ नसकेको र नियन्त्रणमा आएपछि मात्र क्षतिको मूल्यांकन गरिने प्रहरीले जनाएको छ। आगलागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।