पाल्पा । शनिबार अविरल वर्षासँगै आएको हावाहुरीका कारण पाल्पामा एक जनाको ज्यान गएको छ । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका ८ जरेपिपल नजिकै सडकमा गुडिरहेको स्कुटरमा सवार तानसेनकै २० वर्षिय भुवन सिंजालीको मृत्यु भएको हो ।
हावा हुरी चलेपछि सडकमा रोक्दै गर्दा रुखले च्यापेर उनी तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।