काठमाडौं । केहीमहिना अघि नर्भिक अस्पतालका मालिक बसन्त चौधरीको पित्तथैलीमा ढुंगा भेटियो । थापाथलीस्थित आफ्नै स्वामित्व रहेको नर्भिक अस्पतालमा उनले अपरेशन गराए । अपरेशनको दुई दिन त उनी अस्पतालमा थिए । तर, तेस्रो दिन उनलाई भारतको मेदान्त अस्पताल पुर्याइयो । कारण थियो अस्पताल भित्रै फैलिएको ईन्फेक्सनका कारण भएको संक्रमण । उनीमात्रै होइन उनका आफन्त प्रवेशजंग रायमाझी छोरी मेघा चौधरीले नर्भिक अस्पतालमा उपचार गराउँदैनन् । किनकी ईन्फेक्सन कन्ट्रोलको टिम नहुँदा नर्भिककै संचालकहरु आफ्नो अस्पताललाई विश्वास गर्र्दैनन् ।
संचालक मात्रै होइन अस्पतालमै कार्यरत एक डाक्टरले एउटा ठूलो पीडा भोग्नु पर्यो । एनेश्थिसिया प्रमुख डा सुरेश शर्मा जसको १५ महिने छोरी घरमा अचानक ज्वरो आयो । हतार हतार उनले आफ्नी छोरीलाई नर्भिक अस्पतालमा ल्याए । इमरजेन्सीमा भर्ना गराए । तर, एकाएक अनुहार सुनिन थालेपछि उनलाई आफ्नै अस्पतालमाथि विश्वास टुट्यो । ग्राण्डी अस्पताल पुर्याए । ग्राण्डीमा पनि ठीक नभएपछि उनले मेडिसिटि पुर्याए । त्यहीँबाट चिकित्सकहरुले नोयडास्थित बालरोग विशेष अस्पतालका विशेषज्ञलाई भिडियो कल गरेर बालिकको अनुहार देखाए । ती विदेशी चिकित्सकले बालिकाको अनुहारमा अस्पतालकै ब्याक्टेरिया फैलिएको बताए । त्यसपछि ती बालिकालाई एयर एम्बुलेन्समा राखेर नोयडा पुर्याइयो । त्यसपछि खुल्यो नर्भिकको बद्मासी । आफै कार्यरत नर्भिक अस्पतालमा फैलिएको ब्याक्टेरियाका कारण ती बालिकाको अवस्था झनै गम्भिर भएको थियो । किनकी नर्भिकमा इन्फेक्सन कन्ट्रोल टिम नै थिएन ।
तर, संक्रमण रोक्ने कुनै सिस्टम नै नभएपछि नर्भिक अस्पतालले नेपालमा घुम्न आउने पदयात्री पर्यटक उद्दारका विरामीलाई यही सिस्टमको नाममा चर्को शुल्क असुली रहेको छ ।
हिजो विहिबार डिस्चार्ज भएकी जापानी नागरिक युकिई मोरितो नर्भिक अस्पतालले ३४ लाख रुपैयाँ भन्दा बढीको बिल पेश गरेको थियो । तर, उक्त बिल दिएको केहीबेरमै दियोपोस्टले खबर पाएपछि एकाएक ४० प्रतिशत डिस्काउन्ट गर्न राजी भएको थियो । लोबुचेबाट उद्दार गरि काठमाडौं ल्याइएकी उनलाई नर्भिकमा भर्ना गरेर उपचार गरिएको थियो । उनै नागरिकको हकमा नर्भिकले विदेशी विमा कम्पनिका लागि भनेर यतिका महँगो बिल तयार पारेको बताएका थिए । यसले नर्भिक अस्पताल पनि फर्जी उद्दार र ठगीमा संलग्न भएको पुष्टि हुन्छ ।
एक घाइते आरोहिको उपचारमा नर्भिकले मच्चाएको लुट बिलमै देखिन्छ । नर्भिक अस्पतालले भने उनको विभिन्न ४६ वटा चेकजाँच गरेको दियोपोष्टलाई प्राप्त बिलमा देख्न सकिन्छ । जसमा एचआइभी एड्सदेखि नर्सिङ केयरसम्म विभिन्न चेकजाँचको २ हजारदेखि ४ लाख ४१ हजार ६६९ शुल्क राखिएको छ । नर्भिकले नर्सिङ केयर र इन्फेक्सन कन्ट्रोलको शुल्क मात्र ४ लाख ४१ हजार बढि लिएको छ । जबकी नर्भिक अस्पतालमा ईन्फेक्सन कन्ट्रोल सिस्टम नै छैन ।
परिक्षणमा र उपचारमा यतिसम्म लुट !
कम्प्लिट ब्लड काउन्ट अर्थात सीबीसी गरेबापत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जम्मा १ सय ७५ रुपैयाँ लिन्छ । तर, त्यही परिक्षण बापत नर्भिक अस्पतालले भने ६ हजार एक सय २५ रुपैयाँ लिँदो रहेछ । सिबिसी मात्रै ती विदेशी नागरिकको ४ पटक परिक्षण गरेर २४ हजार ५ सयको बिल बनाइएको छ ।

त्यस्तै जनस्वास्थ्य प्रयोगशालामा २ सय रुपैयाँमा परिक्षण हुने (एलएफटी) नर्भिकले १२ हजार १ सय २५ रुपैयाँ असुली गर्दोरहेछ । अन्य निजी अस्पतालमा समेत एबिजी परिक्षण गरेबापत १८ सय रुपैयाँ लिइन्छ । तर, नर्भिकले विदेशी नागरिकको उपचारका लागि भने सोही परिक्षणमा १८ हजार २ सय २२ रुपैयाँ दाबी गरेको छ । सामान्यतया ३ हजारमा गरिने छातीको स्क्यान नर्भिक अस्पतालले ५५ हजार ५ सय रुपैयाँ दाबी गरेको छ । बिमा कम्पनिका लागि भन्दै तयार भएको बिलमा विभिन्न ४६ वटा परिक्षणसहितको डक्टर चार्ज जोडेर ३४ लाख रुपैयाँ भन्दा बढी बनाइएको छ ।

अर्बपति ब्यापारी बिनोद चौधरीका माइला भाई बसन्त चौधरी यो अस्पतालका मालिक हुन् । उनी विरुद्ध पनि बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा हत्याएको अभियोगमा मुद्दा विचाराधिन छ । यो सँगै उनी विदेशी विमा कम्पनि ठगीमा समेत मुछिएका छन् ।
याे पनि
जापानी आरोहिमाथि नर्भिक अस्पतालको चरम ठगी : ‘४ दिन’ अस्पताल राख्दा ३४ लाख बढीको बिल !