महासंघभित्र विपुल पोखरेलले गरेको त्यो किर्तेकाण्ड : जसले बस्नेतलाई काउन्सिल अध्यक्ष बनायो

दियोपोस्ट संवाददाता  

काठमाडौं । २०७७ चैत्रमा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा कांग्रेसको प्रेस युनियन नेपाल, माओवादी केन्द्रको प्रेस संगठन नेपाल र माधव नेपाल समुह निकट प्रेस चौतारीका संयुक्त उम्मेदवार थिए —विपुल पोखरेल । उनै पोखरेलको विपक्षीमा खडा भएको नेकपा एमालेले अध्यक्षमा निर्मला शर्मालाई उठाएको थियो महासचिवका उम्मेदवार थिए हाल प्रेस काउन्सिलका अध्यक्ष रहेका बालकृष्ण बस्नेत । उनलाई करिब आधा हाराहारीको मतान्तरले हराउँदै रोशन पुरी महासचिवमा विजयी भए भने अध्यक्षमा उनकै प्यानलका विपुल पोखरेल निर्वाचित भए ।

उनै विपुल पोखरेलले आफू अध्यक्ष निर्वाचित भएको २ महिनापछि अर्थात २०७८ जेष्ठ १० गते आफ्ना प्रतिद्वन्दी समुहका महासचिव पदका पराजित उम्मेदवार बालकृष्ण बस्नेतका नाममा एउटा किर्ते सिफारिस पत्रमा हस्ताक्षर गरिदिए । जसमा बस्नेतले २०५५ सालदेखि नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद रहि पत्रकारीता गरिरहेको र आसंचार क्षेत्रमा योगदान पुर्याएको उल्लेख थियो । तर, वास्तविकता त्यस्तो थिएन । २०५५ सालमै केन्द्रीय सभाषद भएको भनिएका अध्यक्ष बस्नेतले पत्रकार महासंघको सदस्यता भने २०६० साल साउन ९ गते लिएका थिए । जबकी पत्रकार महासंघमा केन्द्रीय पार्सद हुनका लागि सदस्य अनिवार्य थियो । उनी सदस्य नै नभई केन्द्रीय सभासद भएको झूटो व्यहोरा राखेर सभापति पोखरेलले सिफारिस गरिदिए । जसबारे दियोपोस्ट डटकमले आजभन्दा २०७८ असोज ९ गते समाचार प्रकाशन गरेको थियो ।

किर्ते व्यहोरासहितको सिफारिसका आधारमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बस्नेतलाई राजनीतिक संकटको दाउमा काउन्सिलको अध्यक्ष नियुक्त गरिदिए । नेकपा एमालेको अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री र हालपनि फेरी प्रधानमन्त्री पदमा रहेका केपी ओलीले यसअघि दोस्रो पटक संसद भंग गरेका थिए । २०७८ जेष्ठ २० गते बस्नेतलाई सरकार अल्पमतमै रहेको बेला प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो । उनको नियुक्ती भन्दा करिब १० दिन अघि २०७८ जेठ १० गते बस्नेतलाई पोखरेलले किर्ते अनुभव पत्र दिएका थिए ।

किर्ते अनुभव पत्रमा हस्ताक्षर गरि महासंघलाई नै जालसाँझीको अखडा बनाएका उनै पोखरेलले हालै पत्रकार महासंघको अध्यक्षबाट राजिनामा दिएका छन् । गत भदौ २४ गते उनले बरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजिनामा बुझाएका थिए । तर, बिडम्बना निर्वाचन गराउने जिम्मा पाएका बिष्ठले पनि यो पदबाट राजिनामा दिएका छन् । उनले पोखरेलको कार्यकालमा ४ सय भन्दा बढि गैरपत्रकारलाई पत्रकार महासंघको सदस्यता दिइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । पोखरेलको कार्याकालमा पत्रकार महासंघ सबैभन्दा बढी विवादित बनेको छ । चार पटक भन्दा बढी महासंघको निर्वाचन मिति घोषणा गरिएपनि हालसम्म निर्वाचन हुन सकेको छैन ।

यसअघि पत्रकार महासंघको तिलौराकोट बैठकमा बिपुल पोखरेललाई २० मिनेट राखेर रमेशको अध्यक्षतामा बैठक बस्नु परेको थियो । कारण थियो आर्थिक घोटाला । विवादित रहेको ड्रिम हाई नेपाल र दुबईस्थित ब्लुचिप ईन्भेष्टमेन्ट कम्पनिसँगको साझेदारीमा मिडिया अवार्डमा भाग लिएको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने महासंघकै सदस्यहरुको माग थियो । जसमा कारण महासंघका पूर्वअध्यक्ष शिव गाउँलेको नेतृत्वमा छानबीन समिति बनाउने सहमति भएको थियो । तर, सहमति भएपनि अध्यक्ष पोखरेलमाथि कुनै कारबाही भएको छैन ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !

prabhu bank Add