प्रेस काउन्सिलले नै फैलायो दियोपोस्टबारे झूटो खबर : हुँदै नभएको खबर मिडियामा भाइरल !

प्रकाश देवकोटा  

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचार संहिता उलंघन गरेको भन्दै विभिन्न संचार माध्यम र सामाजिक संजाललाई कारबाही गरेको छ । काउन्सिलको आधिकारीक वेभसाइट मार्फत सार्वजनिक भएको र ईमेल मार्फत विभिन्न संचार माध्यममा पठाइएको खबरमा दियोपोस्ट डटकमबारे भने नियोजित रुपमा दुष्प्रचार गरिएको छ ।

काउन्सिलद्वरा सम्पूर्ण सञ्चार माध्यमलाई पठाइएको विवरणमा ४३ वटा युट्युब च्यानललाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको उल्लेख छ । तीन वटा सञ्चार माध्यमलाई कालोसुचीमा राख्न सिफारिस गरिएको छ । त्यस्तै विवादास्पद समाचार संप्रेषण गरेको भन्दै अनलाइन पाना डटकम, दियोपोस्ट डटकम, स्वास्थ्य लाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डटकम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितका संचारमाध्यमलाई विशेष अनुगमनमा राखि निगरानी गरेको भन्दै प्रेस काउन्सिलकै वेभसाइटबाट सार्वजनिक भएको खबरमा उल्लेख छ । तर, काउन्सिलले सार्वजनिक गरेको भनिएको विवादास्पद खबर छापेको विशेष निगरानीमा परेका अनलाइनको संचार माध्यमको सुचीमा दियोपोस्ट छैन ।

यस विषयमा प्रतिक्रिया लिन प्रेस काउन्सिल नेपालका सुचना अधिकारी तथा सहप्रवक्ता रामशरण बोहोरालाई सम्पर्क गर्दा उनले काउन्सिलबाटै सार्वजनिक भएको समाचारमा दियोपोस्ट उल्लेखित भएको भए उक्त समाचार गलत भएको बताए । ‘कारबाहीसम्बन्धी विवरणमा जे उल्लेख छ त्यही हो । दियोपोस्टको नाम हटाएर काउन्सिलको वेभसाइटमा समाचार अपडेट भइसकेको छ । अब विज्ञप्ती र समाचारमा छैन ।’

 

 

 

विवादास्पद खबर छाप्ने र विशेष अनुगमन भएको सुची जहाँ दियोपोस्ट डटकम कतै देखिँदैन ।

तर, काउन्सिलबाट विभिन्न संचार माध्यममा गएको गएको समाचारमा भने दियोपोस्टलाई समेत लक्षित गरि दुष्प्रचार भइरहेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत निकट व्यक्तिहरुद्वारा संचालित अनलाइनमा दियोपोस्टको दुष्प्रचार गरिएको छ । रिपब्लिका दैनिक नामक अनलाइनमा पनि दियोपोस्टको नाम उल्लेख छ ।

उक्त अनलाइनका संचालक बिमल योगीलाई विशेष निगरानीको नाममा दियोपोस्टको नाम कहाँ छ भनि प्रश्न गर्दा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई सोध्नु भन्दै फोन काटिदिए । बस्नेत निकट रहेका योगीकै मुखबाट बस्नेतको नाम लिइनु र दियोपोस्टले यसअघि काउन्सिल अध्यक्षले झूटो कागज पेश गरि नियुक्ती लिएकोबारे खबर सार्वजनिक गर्नुले संयोग मात्रै मान्न सकिने अवस्था छैन ।

झूटो खबर दिएपछि सच्याएको काउन्सिलको वेभसाइट

 

 

*यद्धपी योगीले समाचार सच्याएको सन्देश दियोपोस्टलाई पठाएका छन् ।

उनलाई काउन्सिलको अध्यक्ष बनाउन नेपाल पत्रकार महासंघका असफल अध्यक्ष विपुल पोखरेलले गैरकानुनी र झूटो व्यहोराको सिफारिस गरेको विषयमा पहिलो पटक दियोपोस्टले समाचार सार्वजनिक गरेको थियो । सोही समाचारलाई लिएर बस्नेतले दियोपोस्टमाथि काउन्सिल मार्फत प्रतिशोधपूर्ण व्यवहार गर्दै आएका छन् । प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचार संहिताको समेत दुरुपयोग गरेर काउन्सिलले दियोपोस्टमाथि हस्तक्षेप गर्दै आएको छ ।

बोहोराले दियोपोस्टको नाम हटाएर वेभसाइटमा अपडेट गरेपनि संचार माध्यमलाई पठाइएको झूटो खबर हालसम्म सच्याएका छैनन् । अन्य संचार माध्यमले झूटो खबर र तथ्यहिन खबर लेखे आचार संहिता पालनाको नाममा कारबाही गर्दै आएको काउन्सिलले आफ्नै कार्यालयबाट फैलाएको झूटो खबरको शिकार दियोपोस्ट डटकम नै भएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !

महासंघभित्र विपुल पोखरेलले गरेको त्यो किर्तेकाण्ड : जसले बस्नेतलाई काउन्सिल अध्यक्ष बनायो

prabhu bank Add