बालकृष्ण बस्नेतको किर्ते सम्बन्धी समाचार २४ घण्टामा हटाउन प्रेस काउन्सिलको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकममा प्रकाशित अध्यक्ष बालकृष्ण बस्नेत सम्बन्धी ३ वर्षअघि प्रकाशित समाचार हटाउन निर्देशन दिएको छ । उक्त समाचार हटाई क्षमायाचना गरि २४ घण्टाभित्र जवाफ नदिए दियोपोस्ट डटकमलाई कालोसुचीमा राख्ने चेतावनीसहितको पत्र प्राप्त भएको छ ।

त्यस्तै पत्रकार तथा अन्तरङ्ग साप्ताहिकका प्रकाशक सम्पादक नवराज पहाडीको अन्तर्वार्ता प्रकाशित गरेको प्रति समेत आपत्ति जनाउँदै उक्त सामग्री समेत क्षमायाचनासहित हटाउन काउन्सिलले निर्देशन दिएको छ । २४ घण्टाभित्र सामग्री नहटाए दियोपोस्टलाई कालोसुचीमा राखेर कारबाही अघि बढाइने चेतावनी पत्रमा उल्लेख छ ।