माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा निर्वाचित

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा निर्वाचित भएका छन् ।

बागमती प्रदेश सभा सदस्य समेत रहेका सिंखडा प्रदेशको आज सम्पन्न प्रथम सम्मेलनबाट अध्यक्ष निर्वाचित भएका हुन् ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एकैसाथ उद्घाटन भएको ७ प्रदेशसहित ३ गैरभौगोलिक प्रदेशको सम्मेलनको आज बन्द शत्र थियो । विशेष प्रदेशमा पर्यटन, उद्योग व्यावसाय तथा उर्जा, निर्माण तथा पूर्वाधार, स्वरोजगार, कृषि, शैक्षिक परामर्श, वैदेशिक रोजगार, यातयात, वैंक वित्त, स्वास्थ्य तथा जडिबुटि, विधज्ञापन एजेन्सी लगायतका संगठनहरु पर्छन् । त्यस्तै माओवादी निकट विभिन्न संस्थान, निजामती कर्मचारी, शिक्षा तथा शिक्षक, इन्जिनियर, स्वास्थ्य, कानुन –वकिल), प्रध्यापक, संघ संस्था, बुद्धिजिवी, कलाकार, पत्रकार, युवा तथा वाइसिएल, विद्यार्थी र मजदुर लगायत संगठनहरु समेत यो प्रदेशमा आवद्ध हुनेछन् ।