काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट प्रक्रिया रोकिएको छ । बोर्डका गैरकानुनी सदस्यहरु मदन आचार्य र निलम देवकोटा सम्मिलित उपसमितिले आफू अनुकूल कार्यविधि बनाएर सीईओ छनौट प्रक्रिया थालेका थिए । उक्त विषयमा उच्च अदालत पाटनमा कर्मचारीहरुले मुद्दा दायर गरेका थिए ।
उच्च अदालत पाटनले सीईओ छनौट नगर्न र बोर्डका कार्यकारी समिति सदस्यहरु आचार्य र देवकोटालाई कुनैपनि गतिविधि नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको हो । यो आदेशसँगै अब सीईओ छनौट प्रक्रिया अदालतमा प्रवेश गरेको छ । अदालतको आदेशपछि मात्रै टुंगो लाग्ने छ ।

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलाशले यस्तो आदेश दिएको हो । बोर्डका कर्मचारीको पक्षबाट बरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधीवक्ता रमेश बडाल र हरि प्रसाद मैनालीले बहस गरेका थिए । वैशाख १७ गते अन्तरिम आदेश छलफलका लागि अदालतले दुवै पक्षलाई बोलाएको छ । सो छलफल नभएसम्मका लागि अन्तरिम आदेश दिएको हो ।
पर्यटन बोर्डको सीईओ छनौटमा कानुनको धज्जी उडाइयो : कार्यविधि नै अबैध रहेको खुलाशा !