थाँक्रेमा स्थानीयलाई झुक्याएर खानी संचालनको अनुमति : सिडिओदेखि प्रहरी प्रमुखसम्मको मिलेमतो

- दियोपोस्ट  

धादिङ । स्थानिय जनतालाई उठिबास लगाउन धादिङको एक स्थानिय तहले हदैसम्मको षडयन्त्र र जालसाँझी गरेको छ । जिल्लाको थांक्रे गाउँपालिकाले एक खानी संचालकहरुसँगको मिलेमतोमा सर्वोच्च अदालतको आदेशलाई समेत लत्याएर जनताको उठीबास लगाउने प्रपञ्च रचेको हो । गाउँपालिकाको गैरकानुनी क्रियाकलापमा जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समिति समेतको मिलेमतो छ ।

स्थानियले अदालतको आदेशसहित यी निकायहरुमा लिखित निवेदन दिँदा समेत खानी बन्द हुनु त परको कुरा स्थानिय जनताको घरबासै उठ्ने स्थिति पैदा भएको छ ।

थांक्रे गाउँपालिका ७ ठाडोखोलामा अवैध र किर्ते कागजातको आधारमा संचालित कुमारी माता रोडा ढुंगा उद्योगले स्थानिय निकाय र प्रशासनको मिलेमतोमा व्यक्तिको जग्गामा जबरजस्ती उत्खनन् गरिरहेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपनि अन्तरिम आदेशलाई समेत लत्याएर खानी संचालकहरुलाई फाइदा पुग्ने गरि गाउँपालिका र वडाले निर्णय गरेको पाइएको छ ।
सरोकारवालाई थाहै नदिई गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र वडाध्यक्ष युवराज खतिवडाले खानी संचालकहरुबाट मोटो रकम लिई सर्वोच्च अदालतको आदेशलाई समेत लत्याएर गैरकानुनी उत्खनन्मा सारथी बनेका हुन् । सरोकारवाला स्थानियबासीको सहमति बेगर वडाध्यक्ष खतिवडाले खानी संचालकसँग आर्थिक लेनदेनका आधारमा खानी संचालनको नक्कली वातावरणीय प्रभाव मुल्यांकन र खानी संचालन गर्न उपयुक्त हुने सिफारिस गरिदिएका थिए । त्यसैको आधारमा गाउँ पालिकाले समेत खानी संचालनका लागि अनुमति दिने निर्णय गरेको कागजात फेला परेको छ ।

वातावरणीय प्रभाव मुल्यांकनका क्रममा स्थानिय सहभागी सरोकारवालाको चासोलाई बेवास्था गरि वडाध्यक्ष खतिवडाले नक्कली सिफारिस बनाएको स्थानियको आरोप छ । सर्वोच्च अदालतमा खानी विरुद्ध मुद्दा दायर गर्ने कुनै पनि व्यक्तिलाई सहभागी नै नगराई अन्य स्थानका व्यक्तिहरुलाई हस्ताक्षर गराएर वडाध्यक्ष खतिवडाले जालसाँझी गरेको स्थानियको आरोप छ ।

‘वडाध्यक्षले हामी सरोकारवालाको हस्ताक्षर गरिएको फाइल नै गायब बनाएर अर्को नक्कली फाइल तयार पारि पालिकामा पेश गर्नु भएछ । सोही फाइललाई आधार बनाएर पालिकाको कार्यापालिका बैठकले पनि निर्णय गरेको रहेछ, स्थानिय सुयोग प्रजाले भने,‘हामीमाथि अन्याय गर्न गाउँ सरकार नै लागि परेको छ ।’

त्यसो त तत्कालिन खानी संचालकहरु राजु खड्गी लगायतले कृष्णबहादुर प्रजा लगायतको नक्कली हस्ताक्षर गरि लाइसेन्स हत्याएको भन्दै जिल्ला अदालत धादिङमा किर्ते जालसाजीको मुद्दा दायर भएको छ । नक्कली मञ्जुरीनामा देखाएर खड्गी लगायत खानी संचालकहरुले लाईसेन्स हत्याएको पीडितको आरोप छ । खानी संचालकहरुले स्थानिय कृष्ण बहादुर प्रजाको घरलाई केन्द्र बनाएर उत्खनन् अनुमति पत्र लिएका थिए । यसरी व्यक्तिको घर र जग्गा समेत खानी उत्खनन्को केन्द्र विन्दु बनाएर अहिले दिनरात ब्रेकर र स्क्याभेटर चलाइएको स्थानियबासी बताउँछन् ।

सिडिओदेखि प्रहरीसम्म उजुरी तर, हुँदैन सुनुवाई

पीडित स्थानियहरुले अवैध खानी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । अदालतले पीडितको पक्षमा अन्तरिम आदेश समेत दियो । तर, गाउँपालिकाले अदालतको अन्तिम आदेश नआउँदै खानी संचालनका लागि अनुमति दिएपछि अहिले स्थानियहरु झनै पीडामा पुगेका छन् । उनीहरुले अबैध खानी संचालन रोकी पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति लगायत निकायमा गुहार मागिसके । तर, सुनुवाई हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय खानीखोलाका एक प्रहरी अधिकृतका अनुसार प्रहरीका प्रमुख गौतम कुमार केसी नै खानी संचालकहरुसँग मिलेका छन् ।

सिफारिस