
काठमाडौं । फिक्सर’ इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको सम्पर्क देखिएको भन्दै एक दैनिक पत्रिकाले विहिबार एक्सक्लुसिभ समाचार प्रकाशन गरेको थियो । उक्त पत्रिकाको दाबी अनुसार फुँयालले अदालतमा विचाराधीन मुद्दाको विषयमा विचौलिया सापकोटासँग होटलमा भेट्ने प्रस्ताव गरेका थिए । तर, यो प्रकरणमा उक्त विचौलियाले देशको प्रधानमन्त्रीको नाम समेत दुरुपयोग गरेको घटना भने रहस्यमयी रुपमा गायब पारिएको छ ।
फुँयाल र सापकोटाबीचको संवादमा सापकोटाले प्रधानमन्त्री बालेन शाहको नाम दुरुपयोग गरेको देखिन्छ । तर, उक्त पत्रिकाले प्रधानमन्त्री सम्बन्धी विवरण रहस्यमयी रुपमा गायब बनाएको छ ।
दिपक भट्टसँगै धितोपत्र सम्बन्धी ऐन र विमा ऐन सम्बन्धी कसुरमा पक्राउ परेका रोहित गुप्तालाई थप थुनामा राख्नुपर्ने भन्दै प्रधानमन्त्री बालेन शाहको नाममा विचौलिया इनम सापकोटाले हरि फुयाँललाई निर्देशन दिएका थिए । जवाफमा फुँयालले एउटा कम्पनिको अध्यक्ष रहेका शेखर गोल्छालाई एक करोड धरौटीमा छुटेको र कतै सञ्चालक नरहेको रोहित गुप्तालाई २ करोड धरौटी लिएको भनि जवाफ दिएका थिए ।
तर, मूलधारको पत्रकारीता गर्दै आएको यो पत्रिकाले यी सबै विवरणलाई लुकाएको छ । अर्कोतिर सोही प्रकरणमा प्रधानन्यायधीश मनोज कुमार शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा भएको अमेरिकी बैंक सम्बन्धी विवरण रहस्यमयी रुपमा लुकाइएको छ । आवरणमा ठूलो खुलाशा देखिएपछि यो समाचार मूलत प्रधानन्यायाधीश र रास्वपाका सांसदले गरेको लेनदेन सम्बन्धी ठूलो तथ्यलाई तोडमोड गर्ने गरि आएजस्तो देखिन्छ । किनकी यही मुद्दाको अन्य पृष्ठमा प्रधानन्यायाधीशदेखि रास्वपाका संसदसम्मका प्रमाणहरु थिए ।
त्यसलाई समाचारमा गुपचुप पारिएको छ ।
तत्कालिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरासँग अति निकट सम्पर्क र सम्बन्ध भएका हालका प्रधानन्यायधीश मनोज कुमार शर्मा र शर्मासँगै विचौलियाको भूमिका निभाएका रास्वपाका सांसद तथा तत्कालिन नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलको नाममा अमेरिका र नेपालको बैंकमा घुस रकम जम्मा गर्ने गरि भएको संवादलाई लुकाइएको छ ।

जनवरी, नोभेम्बर, डिसेम्बर तीन महिनाको गरेर जम्मा १ लाख ९८ हजार ३ सय ३३ रकम भएको त्यसमा कर कटाउँदा १ लाख ७४ हजार ३ सय ३३ हुने उल्लेख छ । यद्धपी उक्त रकम डलरमा हो वा नेपाली रुपैयाँमा भन्ने उल्लेख छैन । रकमको तलपटि मनोज कुमार शर्मा (चिफ जस्टिस), ओखलढुंगाबाट निर्वाचित सांसद तथा पूर्वएआइजी विश्वराज पोखरेल (ओखलढुंगा) र सशस्त्र प्रहरीका एआइजी वंशी दाहालको नाम उल्लेख छ ।
उक्त रकमहरु अमेरिकामा रहेका विचौलिया इनम सापकोटाका सालो निराजन पाण्डेको नाममा रहेको ब्यांक अफ अमेरिकाको खातामा जम्मा गर्नु भनेर खाता नम्बर समेत उपलब्ध गराइएको छ । इनमले उक्त रकम जम्मा गर्न भनि पठाएको सन्देशमा नेपाली बैंकमा जम्मा गरे इनमकी श्रीमती कविता पाण्डेको खातामा जम्मा गर्नुपर्ने विकल्प समेत दिइएको छ ।
यसरी नाम उल्लेख भएकै आधारमा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल भने निलम्बनपछि बर्खास्तीमा समेत परिसकेका छन् । तर, रकम नै जम्मा भएको भेटिएपनि प्रधानन्यायधीश शर्मा र रास्वपाका सांसद पोखरेलमाथि छानबीन भएको छैन । स्रोतका अनुसार तत्कालिन प्रधान्यायधीश जबराको पालामा हालका प्रधानन्यायधीश शर्मा र रास्वपाका सांसद पोखरेल जबराकै निवासबाट अदालत सेटिङ गर्ने कार्यमा थिए । उनीहरुले अदालत सेटिङ गर्ने र घुस बापतको रकम इनम जस्तै विचौलियाको नाममा विभिन्न खातामा राख्ने गरेको खुलेको छ । रास्वपा सांसद पोखरेलले त सालीको नाममा अर्बौं रकम जम्मा गरेको स्रोत बताउँछ ।
गत असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका उनको मोबाइलमा नेपाल प्रहरीकै उच्च अधिकारीको समेत सम्पर्क र रहस्यमयी सम्बन्ध देखिएको छ ।
सापकोटाले सिंगापुरको मोबाइल नम्बरमा समेत कुराकानी गर्ने गरेको देखिएको छ । त्यसो त उनको सिंगापुरमा कम्पनी समेत रहेको छ । दुबईमा अपार्टमेन्ट समेत रहेको देखिएको छ । उनले नेपालमा मुद्दाको सेटिङ गर्ने र दुबई, अमेरिका र सिंगापुर लगायतको मुलुकमा लेनदेन गर्ने गरेको खुलेको छ । त्यसैले पनि उनको अधिकांश सम्पर्क भिआइपीहरूसँग देखिएको छ । उनको सम्पर्क हुने लेनदेन हुने र कारागारमा रहेका थुनुवा, कैदीहरू छुट्ने सम्मका घटनाहरू अनुसन्धानले देखाएको छ ।
नेपालका ठूला नेता, न्यायाधीश, कर्मचारीले विदेशी मूलुकमा घुस जम्मा गर्ने गरेको सार्वजनिक चर्चा हुने गरेको थियो । झापाको दमक घरभएका सामान्य ३० वर्षिय युवा इनम सापकोटालाई यसरी उच्च तहको सेटिङमा उपयोग गरि विभिन्न विदेशी मूलुकमा रकम जम्मा गरेको पुष्टि भएपछि सार्वजनिक चर्चाको यो विषय अब राजनीतिक मुद्दा समेत बन्ने देखिन्छ ।