एनपीएलमा आज जनकपुर-काठमाण्डु र कर्णाली-विराटनगर भिड्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पहिलो खेल मध्याह्न १२ः३० बजे र दोस्रो खेल अपराह्न ५ बजे कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा काठमाण्डु गोर्खाजले आज पहिलो खेल खेल्दैछ । जनकपुर बोल्ट्स भने यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन् । विराटनगर पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।

यस सिजनको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । क्यानका अनुसार प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खबर

सिफारिस