संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

- दियोपोस्ट  

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ ।

आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् भने देशारले २५ हजार पाएकी छिन् । तर, एकलाख पुरस्कार पाउने भन्दा २५ हजार पुरस्कार पाउनेको (असम्बन्धित) तस्विर ठुलो छापिएको छ ।

देशार राजधानीमा डेस्कमा कार्यरत युमाश शेर्पाकी श्रीमती हुन् त्यसकारण उनको फोटो बेला बेलामा आवश्यकता भन्दा ठूलो छापिन्छ । केही दिन अघि निशाकै स्वर रहेको नेपाल भाषाको एउटा गीतको सन्दर्भमा ‘गीतले चमत्कार गर्दै’ आशयको सोही पृष्ठमा मुख्य समाचार छापिएको थियो । विगत २३ वर्षदेखि प्रकाशन हुँदै आएको राजधानीमा बेढंगको समाचार छापिएको पहिलो पटक होइन् । यस अघि पनि यस्ता नसुहाउने समाचार प्रकाशित हुन्थ्यो ।

०५८ सालमा स्थापना हुँदा निकै हल्लि खल्ली मच्चाएको थियो राजधानी दैनिकले । संस्थापक सम्पादक पुरुसोत्तम दाहाल मुुलुककै महंगो सम्पादक मानिन्थे तत्कालिन समयमा । त्यहि दैनिक पत्रिका हो जसले २३ वर्षको अन्तरालमा सरोज मिश्रलाई सित्तैमा सम्पादक बनाएको छ । व्यवस्थापनसंग सहमति गरेर सम्पादक पदको आडमा सरकारबाट राजनीतिक लाभ प्राप्त गर्ने सहमति अनुसार राजधानी छिरेका मिश्र पहिलो व्यक्ति हुन्, जो ब्रोडसिट दैनिकमा बेतलबी काम गर्छन् । ‘सम्पादक सरलाई हामीले अहिलेसम्म तलब दिनु परेको छैन । व्यवस्थापनसंग बिना तलब काम गर्ने सहमति गर्नु भएको छ ।’ व्यवस्थापनमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने ।

त्यसो त मिश्र सम्पादक भएर आएपछि एकपटक पनि समाचारका विषयमा मिटिङ भएको छैन । मिटिङ हुन्छ त केबल ग्राहक बनाउने वा विज्ञापन उठाउने विषयमा । सम्पादक आफैं पछिल्लो समय ‘न्युज ट्रेन्ड’ का विषयमा अपडेट छैनन् भने डेस्कमा काम गर्नेहरु सम्पादक भन्दा बढी सिईओ आशिष शेरचनको सल्लाह लिन्छन् । महेन्द्र शेरचनको कान्छा छोरा आशिष एसएलसी उत्तिर्ण गर्न नसकेपछि मिडिया व्यवसायमा प्रवेश गरेका थिए । बौद्ध स्थित ससुरालीमा घरज्वाई बसेका आशिष समाचारमा बार्गेनिङ गर्ने सिइओको रुपमा परिचित छन् ।

५० रुपैयाँको योजना तुहियो

केही दिन अघि राजधानी दैनिकको पहिलो पृष्ठमा एउटा विज्ञापन छापिएको थियो ‘रु ५० मा के पाइन्छ ?’ विगत ८ महिनादेखी कर्मचारीलाई तलब नखुवाएको राजधानीले पत्रिकाको मूल्य ५० रुपैयाँ बनाएर कर्मचारीलाई तलब खुवाउने योजना बनाएको थियो । तर, जिल्ला प्रशासन कार्यालयले करचुक्ता नगरेसम्म मुल्य बढाउन नपाउने जानकारी दिएपछि अहिले मुल्य बढाउने कुरा स्थगित भएको छ । अहिले सम्पादकसहित ९ जना पत्रकार कार्यरत राजधानी दैनिकमा ७० जना साईकल ब्वाई छन् । दैनिक २ हजार पाँच सय प्रति छापिने पत्रिकाका लागि त्यति धेरै साइकल व्वाई आवश्यक थिएन तर पूर्व अध्यक्ष नन्दा शेरचन र सिइओ आशिष शेरचनविच विवाद हुँदा साइकल व्वाईले आशिषको पक्ष लिएकाले आशिस साइकल व्याइलाई संस्थाको सबै भन्दा महत्वपूर्ण आधार मान्छन् ।

उल्टो बाटो हिँडेको व्यवस्थापन

तत्कालिन मेनपावर व्यवसायी महेन्द्र शेरचनको लगानीमा सुरु भएको राजधानी दैनिकको सञ्चालकमा अहिले उनका छोरा र ल्याइते श्रीमति छन् । जेठा छोरा सचिन शेरचन अध्यक्ष छन् भने कान्छा छोरा आशिष शेरचन सिइओ । श्रीमती नन्दा शेरचन सञ्चालक छिन् ।

आमा र छोराको सम्बन्ध असाध्यै खराब छ । पत्रिका कसरी चलाउने भन्दा पनि महेन्द्र शेरचनले जोडेको सम्पत्ति कसरी आफ्नो भागमा धेरै हात पार्ने भन्ने अभियानमा छन् । आमा र छोराबिच अहिले अदालतमा अंश मुद्दा चलिरहेको छ भने राजधानी दैनिकमा कार्यरत ११ जना श्रमजीवी पत्रकार श्रम अदालत पुगेका छन् ।

‘अदालत, पत्रकार महासंघ सबलाई ठेगान लगाउछु ।’ भन्दै हिँडेका सिइओ आशिस अहिले जातिय विभेद गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा तारिख खेपिरहेका छन् । श्रमजीबी पत्रकारको हकहितको कुरा गरेवापत पत्रकार महासंघ राजधानी प्रतिष्ठान अध्यक्ष इश्वर विश्वकर्मामाथी जातिय रुपमा अपमान गर्दै आक्रमण प्रयाश गरेका थिए । वितरण प्रमुख सन्तोष शर्मा, साइकल व्वाई प्रमुख शिब गौतम र ग्राहक शाखाका रमेश काफ्लेको उक्साहटमा आशिषसले अध्यक्ष विश्वकर्मामाथी आक्रमण प्रयाश गरेका थिए ।

सिफारिस