
काठमाडौँ । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका सरकारी संस्थाहरुलाई २५ वटा मोटरसाइकल निःशुल्क वितरण गरेको छ । काठमाडौँको नक्सालस्थित टीभीएसको प्रिमियम शोरुम उद्घाटन समारोहमा रसुवा र नुवाकोटका सरकारी कार्यालय, प्रहरी चौकी तथा विद्यालयलाई २५ वटा मोटरसाइकल वितरण गरिएको गरिएको हो ।
समारोहमा टीभीएसको अपाचे मोटरसाइकल वितरण गरेको जगदम्बा मोटर्सले जनाएको छ । वितरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई ५ थान, केन्द्रीय कारागार नुवाकोटलाई १ थान, विदुर नगरपालिकालाई २ थान र त्रिशूली अस्पताललाई १ थान प्रदान गरिएको छ ।

त्यस्तै, विदुर नगरपालिका-७ का त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यालयलाई १-१ थान मोटरसाइकल वितरण गरिएको छ । रसुवातर्फ जिल्ला प्रहरी कार्यालयलाई ५ थान, आमाछोदिङमो गाउँपालिका कार्यालयमा १ थान , हाकु स्वास्थ्य चौकी र हाकु माध्यमिक विद्यालयलाई १-१ थान मोटरसाइकल प्रदान गरिएको छ ।
त्यसैगरी, उत्तरगया गाउँपालिका कार्यालय, गोसाईंकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, डाँडागाउँ स्वास्थ्य चौकी, ठूलागाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई पनि १-१ थान मोटरसाइकल प्रदान गरिएको छ ।

बाढी प्रभावित क्षेत्रका सरकारी सेवा, स्वास्थ्य सेवा, शैक्षिक संस्था तथा स्थानीय प्रशासनको कामलाई सहज बनाउने उद्देश्यले मोटरसाइकल वितरण गरिएको कम्पनीको भनाइ छ । त्यस्तै, चर्चित अभिनेता प्रदीप खड्काले शोरुमको उद्घाटन गर्दै जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् ।


