एनपीएल फाइनलको टिकट किन्न एकैपटक २ लाख प्रयोगकर्ता सक्रिय, केही मिनेटमै ‘सोल्ड आउट’

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को शनिबार हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टिकट बिक्री खुला हुनेबित्तिकै करिब २ लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्न खोजेका थिए । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानले जनाएको छ ।

क्यानले विज्ञप्ति जारी गर्दै नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहप्रति आभार व्यक्त गरेको छ ।

टिकट खरिद गर्न नसकेका दर्शकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै क्यानले टिकट नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर सहयोग गर्नसमेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर

सिफारिस