गण्डकी प्रदेशका बहालवाला मन्त्री नै मानव ‘तस्करी’मा : शरणार्थी भिषामा श्रीमती क्यानडामा !

दियोपोस्ट संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्तालय र स्वास्थ्य मन्त्री नन्द प्रसाद न्यौपानेले आफ्नै श्रीमतीलाई मानव तस्करी गरेर क्यानडामा लुकाएको खुलेको छ ।
आर्थिक दैनिकमा प्रकाशित समाचार अनुसार नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ (ख) प्रदेश सभाबाट निर्वाचित सांसद समेत रहेका न्यौपानेले सांसदले पाउने रातो कुटनीतिक राहदानी दुरुपयोग अमेरिका हुँदै श्रीमती शोभा न्यौपानेलाई क्यानडा पु¥याएको पाइएको हो ।

न्यौपानेले श्रीमतीलाई अमेरिका हुँदै सन् २०२२ नोभेम्बरबाट क्यानडा छाडेका छन् । उनकी श्रीमतीले क्यानडामा शरणार्थी भिषा एप्लाइ गरेर बसेकी छिन् । क्यानडामा एसाइलम भनेको आफ्नो देशमा उत्पीडन, यातना वा ज्यानको जोखिम भएका व्यक्तिहरुले शरणार्थी संरक्षणको कानुनी दाबी गर्ने प्रक्रिया हो ।

न्यौपानेले आफ्नी श्रीमतीकालाई क्यानडामै रहेका एक दाहाल थरका वकिल मार्फत सम्पूर्ण फर्जी कागजात तयार पारेका थिए । ती दाहाल थरका वकिलले नेपालमा विप्लव समुह, बैद्य समुह वा अन्य कुनै पनि आतंकवादी समुहको नामको लेटरप्याड लगायत सम्पूर्ण फर्जी कागजात क्यानडामै तयार पार्ने गरेका छन् । अधिकांश नेपालीको नक्कली कागजात उनै वकिलले तयार पार्ने गरेका छन् । गण्डकी प्रदेश सरकारमा हुने सम्पूर्ण ठेक्का पट्टाको कमिशन तथा घुस समेत उनले आफ्नै श्रीमतीको क्यानडास्थित खातामा बुझ्ने गरेको समेत खुलेको छ ।

नेपालमा भ्रष्टाचार मुद्दामा अनुसन्धान हुने र भविष्यमा आफू पनि कानुनी कारबाहीबाट बँच्नका लागि न्यौपानेले श्रीमतीलाई एसाइलम गराएका हुन् । त्यसो त नेपालमा भने न्यौपानेले अर्की श्रीमती समेत अलग्गै राखेका छन् । नेपालमा दुई श्रीमती विवाह गर्नु गैरकानुनी भएपनि शक्तिको आडमा न्यौपानेले उन्मुक्ति पाएका छन् । माइलो भनिने वेद प्रसाद काप्रीले तत्कालिन गोरखा प्रहरी प्रमुख बसन्त कुँवरलाई सेटिङ मिलाएर बहु विवाहको मुद्दा ढिस मिस बनाएका थिए । त्यतिमात्रै होइन न्यौपानेको पहिलो श्रीमतीको रहस्यमयी मृत्युको घटना समेत छानबीन बिना नै गुपचुप मिलाइएको थियो ।

हाल क्यानडामा रहेकी श्रीमतीले भने आफ्नो बसाइ टोरोन्टो, वनटारियो क्यानडा रहेको सार्वजनिक रुपमा नै उल्लेख गरेकी छिन् । यता श्रीमान भने नेपालमा राष्ट्रिय झण्डा हल्याएर मन्त्रीले चढ्ने सरकारी गाडीमा हिँड्ने गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा निकट रहेका न्यौपाने गोरखा जिल्लाका सभापति समेत हुन् ।

क्यानडास्थित नेपाली दूतावासका एक कर्मचारीका अनुसार क्यानडामा नेपाली नेता, कर्मचारी, पत्रकार लगायतले आफ्ना श्रीमती नातेदारलाई शरणार्थी भिषा दिलाएर राख्ने गरेका छन् । क्यानडामा शरणार्थी नेपालीहरुको टोल नै रहेको छ । अधिकांशले फर्जी कागजात देखाएर क्यानडा गएका छन् । पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलन, विप्लव समुहको आतंक, पूर्व माओवादी जनयुद्ध लगायतको विषय लगायतको घटनालाई देखाएर नेपालीहरु क्यानडा शरणार्थी बन्ने क्रम बढ्दो छ । ठमेलका होटल व्यावसायी गोकुल सापकोटा पनि केही वर्षअघि शरणार्थी भिषामा क्यानडा गएर त्यहाँ केही उपाए नदेखेपछि अहिले नेपालमा आएर रास्वपाको नेता भएका छन् । नेपाल सरकारकै पूर्व एक सहसचिवले क्यानडामा निकै महँगो घर किनेका छन् ।

मैले क्यानडा लगेर छोडेको होइन : न्यौपाने

आर्थिक दैनिकले यस विषयमा प्रतिक्रियाका लागि न्यौपानेलाई सम्पर्क गरेको थियो । उनले शुरुमा प्रश्न सुन्ने वित्तिकै आफ्नो श्रीमती नै नभएको भन्दै टार्ने कोशिस गरे । तर, शोभा न्यौपाने तपाईंको श्रीमति होइन भनि प्रश्न गरेपछि आफूले क्यानडा लगेर नछोडेको र यही महिना भित्र नेपाल आउने भनि जवाफ दिए ।

सम्बन्धित खबर

सिफारिस