विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनसहित चिनियाँ नागरिक नियन्त्रणमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम तौलको सुनसहित एक जना चिनियाँ नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर २ गते बिहान ११ बजेर ४१ मिनेटमा दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर ज्ढघछघ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनिबिन लिलाई विमानस्थलमा नियमित जाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा उनले बोकेको ज्याकेटको खल्तीभित्र लुकाएर राखिएका सुनजस्तो देखिने चारवटा पोका फेला पारेको बताइएको छ ।

बरामद पदार्थको कुल तौल १ किलो ६०५ ग्राम रहेको छ । नेपाल प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

 

सम्बन्धित खबर

सिफारिस