नेपालमा वायु प्रदूषण बढ्दो, काठमाडौँ विश्वकै प्रदूषित शहरको पाँचौँ स्थानमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालका धेरै ठाउँमा हावाको गुणस्तर अस्वस्थकर बन्दै गएको छ । काठमाडौँ पनि विश्वका प्रमुख शहरमध्ये वायु प्रदूषणको उच्च स्तर भएका शहरको सूचीमा पाँचौँ स्थानमा देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलका अनुसार यस्तो सूचीमा शहरहरूको स्थान घण्टैपिच्छे परिवर्तन हुन सक्छ । त्यसैले अहिलेको मुख्य चिन्ता सूचीमा काठमाडौँको स्थानभन्दा पनि हावाको अस्वस्थकर अवस्था रहेको उनले बताएका छन् ।

उनको पूर्वानुमानअनुसार पूर्वी नेपालका क्षेत्रमा, विशेषगरी तराईमा वायु प्रदूषणको अवस्था अझ चिन्ताजनक देखिएको छ । तत्कालै प्रदूषणमा उल्लेख्य सुधार हुने संकेत नरहेको पनि उनले बताएका छन् ।

पोखरेलले प्रदूषण नियन्त्रणका लागि सबैले आ-आफ्नो तर्फबाट योगदान गर्नुपर्नेमा जोड दिएका छन् । उनले फोहोर तथा पराल नजलाउन सबैलाई अनुरोध गर्दै सफा हावा सबैको साझा आवश्यकता भएको बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस