
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बुधबार एकैदिन ६ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९०रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
मंसिर महिना सुरु भएसँगै सुनको मूल्यमा गिरावट देखिएको छ । कात्तिक ३० गते प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य मंसिर १ गते १ हजार ९०० रुपैयाँले घटेको थियो । त्यसयता आज पुनः ६ हजार ३०० रुपैयाँले घटेको हो ।