एक किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौँ आएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार वाङ मंगलबार राति नेपाल आएका थिए । विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको सुरक्षा जाँच क्षेत्र पार गरिसकेका उनलाई राति १ बजेर २५ मिनेटमा नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट ८०३ दशमलव ७७ ग्राम सुन बरामद भएको प्रहरीको भनाई छ । विमानस्थलको नियमित सुरक्षा तथा भन्सार जाँच पार गरिसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिनुले विमानस्थलको सुरक्षा निगरानी र यात्रु जाँच प्रणालीमाथि पनि प्रश्न उठाएको छ ।

पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचरनको भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस