नेपाल प्रिमियर लिगमा अनलाइन सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको राजस्थानस्थित श्रीगंगानगर घर भई हाल काठमाडौँ महानगरपालिका-१७ ठमेल बस्ने ३५ वर्षीय रोहित पथरिया रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पथरियाले नेपाल प्रिमियर लिगअन्तर्गत सञ्चालन भएका क्रिकेट खेलमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको रकम अनलाइन सट्टेबाजीमार्फत कारोबार गरेको खुलेको छ ।

उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस