
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका झुत्रा, मैला र च्यातिएका नोट नष्ट गरेको छ । चलनचल्तीमा पठाउन अयोग्य भएका विभिन्न दरका नोट बैंकमा जम्मा गर्न तथा सट्टाभर्ना लिन ल्याइएपछि नष्ट गरिएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंकमा जम्मा भएका त्यस्ता नोट धुल्याएर ब्रिकेट बनाइएको हो ।
केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । २०८३ असार मसान्तसम्म आइपुग्दा यस्तो रकम ६ दशमलव ०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले बैंक नोटको सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक र परिमार्जन गर्दै आएको जनाएको छ । यसबाट बैंक नोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउँदै लगिएको केन्द्रीय बैंकको भनाइ छ ।