होण्डाको दसैँ योजना विजेताहरू घोषणा, योजना मंसिर १४ सम्म थपियो

दियोपोस्ट संवाददाता

काठमाडौँ । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दसैँको अवसरमा सञ्चान गरेको योजनाअन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु सार्वजनिक गरेको छ ।

दसैँको अवसरमा ल्याएको ‘यो दसैँ, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश-हरेक प्रदेशबाट एक-एक गरी विजेताहरु छनोट गरेको हो ।

यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ ।

यस योजनामा विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो ।

कम्पनीले सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), प्रदेश २ बाट अफजल मियाँ (एक लाख रुपैयाँ), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), प्रदेश ४ बाट विज्ञान लामा (१० हजार रुपैयाँ), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), प्रदेश ६ बाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) रहेका छन् ।

त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव (१० हजार रुपैयाँ), प्रदेश २ बाट सुन लामा (१० हजार रुपैयाँ), प्रदेश ३ बाट राजु महर्जन (२५ हजार रुपैयाँ), प्रदेश ४ बाट बलराम थापा (५० हजार रुपैयाँ) , प्रदेश ५ बाट पुष्पा थारु (१० हजार रुपैयाँ), प्रदेश ६ बाट मानसिंह दाहाल (१ हजार रुपैयाँ) तथा प्रदेश ७ बाट विनिता पाठक (१० हजार रुपैयाँ) रहेका छन् ।

यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (५० हजार रुपैयाँ), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (१० हजार रुपैयाँ), प्रदेश ३ बाट दिशान्त विष्ट ९(१० हजार रुपैयाँ), प्रदेश ४ बाट मनोज घिमिरे (१० हजार रुपैयाँ) , प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (१० हजार रुपैयाँ), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (१० हजार रुपैयाँ)  र प्रदेश ७ बाट जुजेस्टर राणा (१० हजार रुपैयाँ) विजयी भएका छन् ।

कम्पनीले सम्पूर्ण विजेताहरुलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरिएको जानकारी दिएको छ । यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

स्याकार ट्रेडिङ्ग कम्पनीले सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै, होण्डा ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको अपार माया र विश्वासका लागि कृतज्ञता व्यक्त गरेको छ।

सिफारिस