
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आजको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि काठमाडौंले ब्याटिङ गर्ने भएको हो ।
आजको खेल जित्ने टोलीले भोलि हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । आज पराजित हुने टोलीको भने प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।