
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौँको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता आयोजन गर्न लागेको हो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ ।
होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ । यसका साथै, अन्य विधाबाट विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ ।
यो प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको समेत साथ र सहकार्य रहेको छ ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित हुने उद्देश्यले बैंकले ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ आयोजना गर्न लागेको जनाएको छ ।