सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेको छ ।

आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम थियो ।