
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
(हिजो) मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम थियो । हिजोको तुलनामा आज सुनको मूल्य ६ हजार ५०० रुपैयाँले घटेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ९५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम थियो ।