केएफसी वार्षिकोत्सव अफर : सुरुवाती १७ जनालाई १७ रुपैयाँमै चिकेन, अरूलाई ५० प्रतिशत छुट

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालमा सञ्चालनको १७ वर्ष पूरा गरेको अवसरमा केएफसीले ग्राहकका लागि विशेष वार्षिकोत्सव अफर सार्वजनिक गरेको छ । केएफसीले नोभेम्बर २४ र २५ (मंसिर ८ र ९)  गते दुई दिनका लागि देशभरका सबै आउटलेटमा यो अफर लागू गरेको हो ।

अफरअन्तर्गत प्रत्येक दिन प्रत्येक स्टोरमा सुरुवाती १७ जना ग्राहकले ८ पिस ‘हट एन्ड क्रिस्पी’ चिकेन र २५० एमएलको पेप्सी क्यान जम्मा १७ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । सुरुवाती १७ जनाको सूचीमा पर्न नसकेका अन्य  ग्राहकका लागि भने कम्पनीले अर्को छुट योजना पनि ल्याएको छ ।

जसअन्तर्गत ८ पिस ‘हट एन्ड क्रिस्पी’ चिकेन बकेटमा ५० प्रतिशत छुट दिइनेछ । छुटपछि उक्त बकेट १ हजार १९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यो अफरको आज अन्तिम दिन रहेको छ । यो योजना स्टक रहुन्जेल लागू हुनेछ भने डाइन-इन (स्टोरमै बसेर खाने) र टेकअवे (प्याक गरेर लैजाने) सेवामा मात्र उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस