
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना चिनियाँ महिला अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेका महिलाहरूको साथबाट करिब २ किलो ३४८ ग्राम सुन बरामद भएको छ ।
उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानमार्फत गएराति काठमाडौँ आएका थिए । विमानस्थलमा गरिएको जाँचका क्रममा सुन फेला परेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै महिलालाई नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको र उनीहरु बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।