
काठमाडौँ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कल गर्दा शुल्क गणना गर्ने समयावधि (पल्स अवधि) ३० सेकेन्डबाट बढाएर ६० सेकेन्ड कायम गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा टेलिकमले अन्तर्राष्ट्रिय कलको शुल्क गणना अवधि परिवर्तन गरेको हो ।
यो नयाँ व्यवस्था (आज) मंगलबारदेखि सबै देशमा लागू हुने कम्पनीले जनाएको छ ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणले दिएको स्वीकृतिअनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा अन्तर्राष्ट्रिय कल गर्दा ६० सेकेन्डको आधारमा शुल्क लाग्नेछ ।
यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी देशमासमेत यो व्यवस्था विस्तार गरिएको टेलिकमले जनाएको छ ।
अन्तर्राष्ट्रिय कल गर्न टेलिकमले विभिन्न देशका लागि छुट्टाछुट्टै पहुँच संकेत ९एक्सेस कोड० तोकेको छ । ग्राहकले सम्बन्धित देशको पहुँच संकेत, देशको कोड र सेवा प्रदायकको नम्बर क्रमशः डायल गरेर कल गर्नुपर्नेछ ।
विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने शुल्क तथा पहुँच संकेतबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।