देशभर २४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १७१ घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ भने १७१ जना घाइते भएका छन् ।  प्राप्त तथ्यांकअनुसार सवारी दुर्घटनाबाट सबैभन्दा बढी मानवीय क्षति मधेश प्रदेशमा भएको छ । मधेश प्रदेशमा मात्रै ४ जनाको मृत्यु र ४४ जना घाइते भएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु हुँदा ३५ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा ३ जनाको मृत्यु र ७ जना घाइते भएका छन् । यसैगरी, गण्डकी प्रदेशमा २ जनाको मृत्यु तथा ३४ जना घाइते भएका छन् । बागमती प्रदेश ९काठमाडौँ उपत्यका बाहेक० मा १ जनाको मृत्यु र ५ जना घाइते भएको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका, कोशी प्रदेश र कर्णाली प्रदेशमा भने सवारी दुर्घटनाबाट कुनै मानवीय मृत्यु भएको छैन । यद्यपि, घाइते हुनेहरूको संख्या भने उल्लेख्य छ । जसअनुसार कोशी प्रदेशमा २२ जना, काठमाडौँ उपत्यकामा १५ जना र कर्णाली प्रदेशमा ९ जना घाइते भएका छन् ।