बजारका सिलिण्डर पूर्ण क्षमतामा भर्न ग्यास उद्योगलाई आयल निगमको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल आयल निगमले देशभरका ग्यास उद्योगलाई एलपी ग्यासको आयात बढाउन र भण्डारण क्षमता पूर्ण रूपमा भर्न निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले मंसिर ८ गते पत्र जारी गर्दै सबै ग्यास उद्योगलाई आयात बढाएर भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न निर्देशन दिएको हो ।

बजारमा ग्यासको आपूर्ति व्यवस्था सहज बन्दै गएको अवस्थामा त्यसलाई निरन्तरता दिन निगमले उद्योगीहरूलाई आग्रह गरेको छ ।

उपनिर्देशक इन्जिनियर अभिषेक कुमार ठाकुरद्वारा हस्ताक्षरित पत्रमा ग्यासको आयात अधिकतम बढाई उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा भर्न तथा भन्सार नाकामा रहेका ग्यास बुलेटहरू समयमै छुटाउन भनिएको छ ।

त्यस्तै, विक्रेतासँग र बजारमा रहेका खाली सिलिण्डरहरू समेत पूर्ण क्षमतामा भरेर आपूर्ति व्यवस्था सहज बनाइराख्न निगमले सम्पूर्ण ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

सम्बन्धित खबर

सिफारिस