टोले गुण्डाद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास

- दियोपोस्ट  

काठमाडौं : आर्थिक दैनिक प्रा।लि।का अध्यक्ष एवं संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ ।

मंगलवार बिहान सवा नौ बजेतिर स्थानीय टोले बाहुवली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका हुन् ।
क्षत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका बाहुवली मालीले बिपरित दिसातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका हुन् ।

‘ओई, तलाई मैले कस्तो अवस्थामा भेटेको याद छ नि, त्यही ।।। को छोराको पछिपछि लुतेकुकुर जस्तो पछि लागेको छस् तँलाई के गर्नु पर्छ भन्ने मलाई थाहा छ, राम्रोसंग चिन म को हुँ’ भनेर भन्दै टोले गुण्डा विजय मालीले बाटो छेकेर धम्क्याएका हुन् ।
उक्त घटनाको तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी गराइएको छ । पर्दा पछाडिबाट टोले गुण्डा मालीलाई उक्साउने केहि व्यक्तिसंग टोले गुण्डा मालीको हिजै मध्यान्न पछि लामो मिटिङ भएको थाहा भएको छ ।