जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका प्रमुख १ लाख ३० हजार घुससहित पक्राउ

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका निमित्त कार्यलय प्रमुख भीमप्रसा आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगको पोखाबाट खटिएको टोलीले आइतबार निमित्त कार्यलय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जोशीलाई एक लाख ३० हजार घुस रकम सहित पक्राउ गरेको हो ।

सो कार्यलयबाट सञ्चालित विभिन्न कार्यक्रमबापतको पेश्की फछ्र्यौट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ । आयोगले प्रमुखसहित चारै जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।