त्रिविका उपकुलपतिसहित तीन जना पदाधिकारीद्वारा सामूहिक राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौं । केपी ओलीको पालामा नियुक्त भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन जना उच्च पदाधिकारीले राजीनामा दिएका छन्। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले बिहीबार पदबाट राजीनामा दिएका हुन्।

उनीहरूले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष पठाएको जनाइएको छ। सरकारले विश्वविद्यालयका पदाधिकारी तथा अन्य राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने उद्देश्यसहित अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नदेखिएकाले राजीनामा दिएको उनीहरूको भनाइ छ।

राजीनामा दिने पदाधिकारीमध्ये उपकुलपति अर्याल केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा नियुक्त भएका थिए भने रेक्टर केसी र रजिस्टार रिजाल पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारको पालामा नियुक्त भएका थिए।