रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मेला भर्न गइरहेका यात्रु चढेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा दुर्घटना भएको हो।

प्रहरी हवल्दार पारस सिंह ठकुरीका अनुसार दुर्घटनामा घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको उद्धार कार्य जारी रहेको बताइएको छ। भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

बिहिबार जलजलामा आयोजना हुने बैसाख पूर्णिम मेलामा सहभागी हुन गइरहेका व्यक्तिहरू सवार जीप दुर्घटनामा परेको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।