जंगली च्याउ खाएर रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । रोल्पामां जंगली च्याउ खाएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना एकै परिवारका रहेका छन् ।

रोल्पापको लुंग्री गाउँपालिका– ६ की २५ बर्षीया फर्मुली बुढाथोकी साउन ८ गते जंगलबाट च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि उनिसहित उनको सात बर्षीय छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर विरामी परेका थिए ।

जंगली च्याउ खाएर गम्भिर बिरामी भएका तीनैजनालाई अस्पतालका लागि प्रादेशिक अस्पताल बुटवल ल्याइर्एको थियो । अस्पतालले ५ दिनसम्म उपचार गरेपनि अवस्था निकै गम्भिर भएको कारण बचाउन नसकेको बताएको छ । उनिहरुको सोमबार विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।