काठमाडौँ, साउन १३ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र, टेकु काठमाडौँका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित पक्राउ परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले गुप्तालाई बबरमहल स्थित वन विभागको परिसरबाट पक्राउ गरेको हो ।
गुप्ताले जनचेतनामुलक सामाग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेशन दिएको र भुक्तानी भएपछि कमिशन वापत घुस माग गर्ने गरेको अख्तियारले जनाएको छ । उनी सेवाग्राहीसंग घुस लिइसकेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन् । आयोगको टोलीले गुप्ताको साथबाट एक लाख पनि नियन्त्रणमा लिएको छ ।
गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताएका छन्
ट्रेन्डिङ खबर उपलब्ध छैन।