काठमाडौँ, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित दुबई प्रस्थान गरेका छन् ।
मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट श्रीमती सिता दाहाल तथा छोरीहरु रेणु दाहाल र गंगा दाहाललाई लिएर अध्यक्ष प्रचण्ड युएइतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड राजनीतिक भ्रमणको लागि नभई आफ्नो श्रीमतीको आग्रहमा पारिवारिक भ्रमणमा निस्केको बताइएको छ ।
युएइमा प्रचण्ड परिवार पाँच दिनसम्म भ्रमण गर्ने छ । यसबिचमा कुनैपनि राजनीतिक भेटघाटको तय नभएको प्रचण्ड निकट स्रोतले बताएको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।