काठमाडौँ, साउन १४ । राजधानीको दरबारमार्गमा रहेको क्लव डेजाभुका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको उजुरी दर्ता भएपछि फरार रहेका मनोजलाई मंगलबार महानगरिय प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
मनोजले विश्वराम श्रेष्ठसंग लिएको २ करोड तिर्नका लागि दिएका चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि विश्वरामले बैँकिङ कसुर अन्तर्गत मनोजविरुद्ध महानगरिय प्रहरी परिसरमा उजुरी दिएका थिए । उजुरीपछि फरार रहेका मनोजविरुद्ध महानगरिय प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारि गरेको थियो ।
इन्टरपोलकै माइन्ट डिभाइसका आधारमा मनोज पक्राउ परेका हुन् । हङकङबाट क्याथे ड्रागनको उडानमार्फत नेपाल आएका उनलाई विमानस्थल परिसरबाटै पक्राउ गरिएको हो ।