एमबिबिएसको प्रवेश परिक्षा रद्ध गर्न सर्वोच्चको आदेश

दियो पोस्ट  

काठमाडौँ, भदौ २० । सर्वोच्च अदालतले एमविविएसको परिक्षा रद्ध गर्न अन्तरिम आदेश जारि गरेको छ । त्रिभुवन विश्वाविद्यालय अन्गर्तत चिकित्सा शिक्षण संस्थान अन्तर्गतको एमबिबिएसको प्रवेश परिक्षा संचालन नगर्न सर्वोच्चले आदेश जारि गरेको हो ।

शुक्रबार सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर केसीको इजलासले भोलीदेखि हुन लागेको एमबिबिएस परिक्षा

भोलि देखि हुन लागेको एमबिबिएसको परिक्षा सर्वोच्च अदालतको आदेशसंगै स्थगित भएको छ ।

आयुष ओझाले दायर गरेको रीटमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, अरुण पौडेल र निमा गिरिले बहस गरेका थिए ।

सर्वोच्चले गरेको आदेश पत्रमा सरकारी चिकित्सक शिक्षण संस्थाबाट निकालिएको विज्ञापन बिच तारदम्यता मिलाउन छलफलबाट नै निक्र्यौलमा पुग्नुपर्ने देखिँदा २१ गते हुन लागेको प्रवेश परिक्षा स्थगित गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘मिति २०७५÷११÷१० देखि लागु भएको चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६, १६(३), १७(४) र ७ को प्रावधान र अहिले विभिन्न सरकारी चिकित्सक शिक्षण संस्थाबाट निकालिएको विज्ञापन बिच तारदम्यता मिलाउन छलफलबाट नै निक्र्यौलमा पुग्नुपर्ने देखिँदा हाल त्रि.वि.वि अन्तर्गतका चिकित्सा शिक्षण संस्थान अन्तर्गतको प्रवेश परिक्षा भोलि मिति २०७६÷५÷२१ मा हुने भनि सुचना प्रकाशन भएको र यस विषयमा दुवै पक्ष राखि छलफल गर्न बढी उपयुक्त हुने भएकोले हाल भोली मिति २०७६÷५÷२१ मा हुन लागेको उक्त त्रि.वि.वि अन्तर्गतका चिकित्सा शिक्षण संस्थान अन्तर्गतको एम.बि.बि.एस तहको प्रवेश परिक्षा संचालन नगरि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (ख) बमोजिम तत्कालै यथास्थितिमा राखि छलफलको निम्ति मिति २०७६÷५÷२५ गते आउनु भनि प्रत्यर्थीहरुलाई म्याद सुचना जारी गरि छलफलको लागि पेशीको सुचना महान्यायधिवक्ताको कार्यलय समेतलाई दिई उपस्थित भए वा गुजारेपछि नियमानुसार पेश गर्नु ।’ आदेश पत्रमा उल्लेख गरिएको छ ।