अमेरिकी दूत र अर्थमन्त्री वाग्लेबीच नेपाल-अमेरिका आर्थिक सहकार्यबारे छलफल

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच बीच शुक्रबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। अर्थ मन्त्रालयमा दिउँसो करिब साढे तीन बजे भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।

झण्डै २० मिनेटसम्म चलेको उक्त भेटमा विशेषगरी आर्थिक साझेदारी, विकास सहायता तथा आपसी हितका विषयमा केन्द्रित कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ। त्यस अवसरमा नेपालको आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोगको समीक्षा गर्दै आगामी दिनमा थप लगानी र सहकार्यका सम्भावित क्षेत्रबारे पनि संक्षिप्त छलफल गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोरबिच हाल नेपाल भ्रमणमा छन्। उनी बिहीबार राति नेपाल आइपुगेका हुन्।