निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन प्रमुखमाथि आक्रमण

दियो पोस्ट  

मस्को, भदौ २१ । रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार राती झण्डै १.३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो ।

रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पु¥याइएको थियो ।

उनले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले कुनै चोट नदेखिनेगरी उपस्थित भएका थिए ।

उनले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भने, “मलाई कुनै गाह्रो भएको छैन ।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ ।

सम्बन्धित खबर