काठमाडौँ, असोज ९ । नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) को सरुवा भएका छन् ।
गत मंगलबार बसेको मन्त्रीपरिषद वैठकले प्रहरी अतिरिक्त महानिरिक्षकहरु पुष्कर कार्की, ठुले राई र धीरु बस्नेतको सरुवा गर्ने निर्णय गरको हो ।
बैठकले प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागका प्रमुख एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरेको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआईजी पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्य एवम् अपराध अनुसन्धान विभागमा लगिएको छ।
यसअघि प्रहरी प्रधान कार्यालयको कार्य एवम् अपराध अनुसन्धान विभागमा दरबन्दी भएर राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा काजमा कार्यरत एआईजी धीरु बस्न्यातको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा कायम गरिएको छ। तर उनलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमै काजमा राख्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।