युरोकपको छनोट नजिकै पोर्चुगल, रोनाल्डोको शानदार ह्याट्रिक

युरोकपको छनोट नजिकै पोर्चुगल, रोनाल्डोको शानदार ह्याट्रिक

काठमाडौँ, कात्तिक २९ । पोर्चुगल युरोकपको छनोट नजिकै पुगेको छ । गएराति लिथुनियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिकै पुगेको हो ।

बिहीबार घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले शानदार जित निकालेको हो । पोर्चुगलको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शानदार ह्याट्रिक प्रहार गरे । ह्याट्रिकसँगै रोनाल्डोले पोर्चुगलका लागि ९८ अन्तराष्ट्रिय गोल गर्न सफल भएका छन् ।

अन्तराष्ट्रिय स्तरको खेलमा रोनाल्डोले पोर्चुगलका लागि नवौँ ह्याट्रिक गरेका हुन् । खेलको ७ औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गोलको शुरुवात गरेका थिए । त्यस्तै २२ औँ मिनेटमा अर्को गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको ५२ औँ मिनेटमा एफोन्सो फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए ।

मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरे । बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । । त्यसको दुई मिनेटपछि रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाले १३ अंक सहित पोर्चुगललाई दबाब दिईरहेको छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।

Trending News