रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्। पार्टीले बुधबार आयोजना गरेको शपथग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले औपचारिक रूपमा शपथ लिएका हुन् ।

यससँगै महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको आगामी कार्यकालका लागि जिम्मेवारी सम्हालेको छ। यसअघि चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन भएका थिए।

रास्वपाले शपथग्रहण कार्यक्रममार्फत नयाँ नेतृत्वलाई संगठन विस्तार, पार्टी सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशा कार्यान्वयनमा सक्रिय रूपमा लाग्न आग्रह गरेको जनाएको छ। महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गरेसँगै पार्टीको संगठनात्मक संरचनाले पूर्णता पाएको छ। अब निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टीको नीति, कार्यक्रम तथा संगठन विस्तारलाई अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन्।

सिफारिस