युएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सुमन अमेरिका प्रस्थान

दियोपोस्ट संवाददाता  

काठमाडौं । कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको फ्लोरिडामा जुलाई २ देखि ४ तारिखसम्म आयोजना हुने प्रतियोगितामा तिमल्सिनाले पुरुष एकल काता विधामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।

सुमन यसअघि सन् २०२३ मा सम्पन्न सोही प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए। यसपटक पनि उनी उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी हुन लागेका हुन्।

उनको अमेरिका यात्राका लागि लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी प्रा.लि.ले दुईतर्फी हवाई टिकट प्रायोजन गरेको जनाएको छ।

सिफारिस