काठमाडौँ, मंसिर २१ । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।
उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।
सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।