कास्की । समाजमा हुने जघन्य प्रकृतिका अपराध नियन्त्रण गरि शान्ति सुरक्षा कायम गर्ने काम प्रहरीको हो । नेपाल प्रहरीको स्थापित मुल्य र मान्यता विपरित गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेश आचार्यले सर्वसाधरणको माटो समेत नियन्त्रणमा लिएर भ्याट बिल खोजेका छन् । उनी मातहतका कास्की प्रहरी अन्तर्गत बैदाम प्रहरीले माटो नियन्त्रणमा लिने र भ्याटबिल खोज्ने काम गर्दै आएको छ ।
व्यक्तिको निजि जग्गामा माटो पुर्ने कार्य गर्नका लोड भएको माटो नियन्त्रण गरेर वडा प्रहरी कार्यालय बैदामले जिल्ला समन्वय समितिलाई पत्राचार गरेको छ । दियोपोस्टलाई प्राप्त कागजात अनुसार पुस २८ गते दिउँसो अन्दाजी १६ बजेर ३० मिनेटमा कास्कीको पोखरा महानगरपालिका २४ स्थित ग १ क ५९१० नम्बरको बिल प्रयोजन खुल्ने आवश्यक काजात नरहेको टिफरले माटो लोड गरिरहेको भन्दै नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई पठाएको छ । पोखराको पामे क्षेत्रमा रहेको प्रहरी कार्यालय नै सिमसार क्षेत्र भित्र पर्छ ।
सोही सिमसार क्षेत्र समेत यस्तै माटो ल्याएर पुरिएको हो । तर, स्थानिय व्यक्तिले आफ्ना लालपुर्जा भएको जग्गा पुर्नका लागि माटो ल्याउँदा भने प्रहरीले कमिशनको लोभमा गैरकानुनी रुपमा नियन्त्रणमा लिने गरेको पोखराका स्थानियबासी बताउँछन् । पामे क्षेत्रका स्थानियका अनुसार प्रहरीले जनताका लालपुर्जा भएको जग्गामा माटो पुर्नका लागि कमिशनको माग गर्ने गरेका छन् । कमिशन दिनेहरुले भने धमाधम माटो पुर्न पाइरहेको स्थानियबासी बताउँछन् । गण्डकी प्रदेशभरी आफ्ना घुमुवा खटाएर अशुली धन्दा चलाउँदै आएका डिआइजी आचार्यले माटोपुर्ने कार्यमा समेत प्रहरीको अस्वभाविक परिचालन गरेका छन् ।
डिआएजी आचार्यको निर्देशनमा खटाएका प्रहरीहरुले यतिसम्म गरेका छन्की वडा नम्बर २४ लौरुकका केही स्थानियलाई वन क्षेत्र कटान गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तर, पक्राउ गरेर प्रहरी कार्यालय बैदाम पुर्याएपछि वन कार्यालयबाट समेत नापी गर्ने व्यक्ति गएर नापी गर्दा वन क्षेत्र नभई व्यक्तिको निजि जग्गा रहेको खुलेको थियो । ‘हामीलाई प्रहरीले पक्राउ गरेर लिएर गयो । वन कार्यालयको टोली सहित आएर हाम्रो आफ्नो निजि जग्गा नापजाच गर्दा लापुर्जा अनुसारकै जग्गामा माटो कटान गरेका रहेछौँ,’ लौरुकका एक स्थानियले भने,‘प्रहरीले हामीलाई दुख दिन नियतले मात्रै पक्राउ गरेको रहेछ । महानगरले हामीलाई तारेखमा राखेको छ । प्रहरीले त पहिले अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने हो । तर, हामीलाई त हचुवामा पक्राउ गरियो । तर, अनुसन्धान गर्दा केही नदेखिएपछि छाडियो ।’
त्यसो त डिआइजी आचार्य प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर आए लगत्तै गोरखामा मानव तस्करी अभियोगमा कैद सजाय भोगेर आएका गुरुङ थरका व्यक्तिको जन्मदिन मनाउन दलबलसहित गोरखा पुगेको घटनामा समेत विवादित भएका थिए । माटोमा अस्वभाविक चलखेलको यो घटनाले पनि उनी थप विवादित बनेका छन् ।